बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहित को-कोविरुद्ध हालियो मुद्दा?

आइतबार, मंसिर २१ २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहित को-कोविरुद्ध हालियो मुद्दा?

चीनले बीआरआईअन्तर्गतको परियोजनाका रुपमा पोखरालाई चित्रण गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा यसअघि लेखा समितले प्रतिवेदन तयार पार्दा चिनियाँ दूतावासले सार्वजनिक प्रतिवाद गरेको थियो।

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ। अख्तियारले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँको बिगो दाबी गर्दै ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ। 

यसअघि संसदीय विशेष समितिले गरेको अध्ययन, महालेखा परीक्षकको कार्यालयको कैफियतका आधारमा अनुसन्धान अघि बढाएको अख्तियारले पाँच पूर्वमन्त्री, विभिन्न कर्मचारी र एक चिनियाँ कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा लगेको हो। 

पूर्वमन्त्री रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, रामशरण महत र स्वर्गीय पोस्टबहादुर बोगटीविरुद्ध मुद्दा दायर भएको हो।

यस्तै तत्कालीन पूर्वसचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्माविरूद्ध मुद्दा दायर भएको छ। तत्कालीन सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, सुरेश आचार्यविरूद्ध मुद्दा दायर भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्बा छिरिङ शेर्पा, मदन खरेल, सूर्यप्रसाद आचार्यविरूद्ध मुद्दा दायर भएको छ। भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिनारायण पौडेलविरूद्ध पनि मुद्दा दायर भएको छ। 

यस्तै मधुकुमार मरासिनी, लोकबहादुर खत्री, त्रिरत्न मानन्धर, रतिश चन्द्रलाल सुमन, ऋषिकेश शर्मा, सुमन कुमार श्रेष्ठ, हरिबहादुर खड्का, लालबहादुर खत्री, प्रेम उपाध्याय, मुकुन्द प्रसाद भण्डारी, बाबुराम पौडेल, प्रतापबाबु तिवारी, अशोकुमार सुवेदी, नारायण गिरी, महेशकुमार बस्नेतविरूद्ध पनि मुद्दा दायर भएको छ। 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भएको हो। चीनसँगको सम्झौताअनुसार ऋण तथा निर्माण कम्पनी पनि चीनकै भएर विमानस्थल निर्माण भएको थियो। एउटै कम्पनीले लागत अनुमान तथा उही कम्पनीले निर्माणको जिम्मा पाएको थियो। 

सुरूमा १० अर्बमा निर्माण हुने अनुमान गरिएपनि पछि त्यसलाई २२ अर्ब पुर्‍याइएको थियो। निर्माणबाहेक जग्गा अधिग्रहणलगायतका लागत जोड्दा विमानस्थलको लागत अझ धेरै रहेको छ। 

यी विषयमा अख्तियारले अनुसन्धान गरेको थियो। लागत वृद्धि तथा गलत अभ्यासबाट मुलुकलाई नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दर्ता गराएको हो। जसमा जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरिएको छ। 

चीनले बीआरआईअन्तर्गतको परियोजनाका रुपमा पोखरालाई चित्रण गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा यसअघि लेखा समितले प्रतिवेदन तयार पार्दा चिनियाँ दूतावासले सार्वजनिक प्रतिवाद गरेको थियो। 

को-कोविरुद्ध परेको छ मुद्दा?

१. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठ 

२. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष भीम प्रसाद आचार्य 

३. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दिपक चन्द्र अमात्य

४. अर्थ मन्त्रालयका तत्कालीन मन्त्री डा. रामशरण महत

५. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुशिल घिमिरे 

६. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ

७. अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा 

८. कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा 

९. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जन कृष्ण अर्याल 

१०. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव मोहनकृष्ण सापकोटा 

११. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव तथा प्राधिकरण सञ्चालक समितिको सदस्य लोक बहादुर खत्री 

१२. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनरुप शाही

१३. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य ज्योति अधिकारी

१४. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनोज कार्की 

१५. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य फुर्वा छिरिङ शेर्पा

१६. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य सुरेश आचार्य 

१७. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मदन खरेल 

१८. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल

१९. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य सूर्य प्रसाद आचार्य 

२०. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव त्रिरत्न मानन्धर 

२१. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव रतीश चन्द्रलाल सुमन

२२. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक सुमन कुमार श्रेष्ठ 

२३. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन उप-सचिव हरि बहादुर खड्का 

२४. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक रोशन चित्रकार

२५. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक ऋषिकेश शर्मा

२६. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक नारायण गिरी,

२७. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक महेश कुमार बस्नेत,

२८. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेल,

२९. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक अशोक कुमार सुवेदी

३०. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रवन्धक मुरारी भण्डारी

३१. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक सुवर्ण राज उपाध्याय

३२. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक प्रताप वावु तिवारी

३३. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्र प्रसाद फुयाल

३४. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक राम चन्द्र सुवेदी

३५. सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा.रामकृष्ण तिमिल्सिना भन्ने डा. राम कृष्ण तिमल्सेना

३६. एयरपोर्ट इन्जिनियर डा.पुरुषोत्तम डंगोल

३७. नेपाल नागरिक उड्‌डयन प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी 

३८. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारी

३९. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक गंगा सागर मान श्रेष्ठ

४०. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी

४१. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रबिन्द्रनाथ श्रेष्ठ 

४२. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सूर्य ज्ञवाली

४३. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सन्तोष कुमार श्रेष्ठ

४४. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक हंसराज पाण्डेय

४५. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक डा.पुण्यराज शाक्य

४६. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन बरिष्ठ कानून अधिकृत द्वारिका प्रसाद भट्टराई

४७. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक कुल प्रसाद सिंखडा

४८. अर्थ मन्त्रालयका तत्कालीन सहसचिव मधुकुमार मरासिनी

४९. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री

५०. अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत कमल कुमार भट्टराई

५१. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव प्रेम उपाध्याय भन्ने प्रेम नाथ उपाध्याय

५२. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष  स्व. पोष्ट बहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी

५३. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुनादेवी श्रेष्ठ

५४. चिनियाँ कम्पनी सीएएमसी  

५५. चिनियाँ कम्पनी सीएएमसीमा मुख्य भइ काम गर्ने व्यक्ति वाङ बो

५६. चिनियाँ कम्पनी सीएएमसीका क्षेत्रीय म्यानेजर लिउ सेङच्याङ


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend