शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

गएको शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइहेको छ।

काठमाडौं-  सुन मूल्यमा तोलामा दुई सय रुपैयाँले घटेको छ। गएको शुक्रबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइहेको छ। 

गएको असोज ३१ गते नै सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। यस्तै यही मंसिर १७ गते बुधबार चाँदी अहिलेसम्मकै उच्च मूल्य ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, मंसिर २१ २०८२११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend