बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २१ २०८२
खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

नगर प्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ।

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ। 

शनिबारको कार्यपालिका बैठकले नगर क्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो। 

नगर प्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ। शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो।

जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको) नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत (कक्षा १ देखि कक्षा ८ सम्म) र ५९ वटा प्राथमिक तह (कक्षा १ देखि कक्षा ५ सम्म) गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। अब भत्ताबापत पालिकाको व्ययभार एक आर्थिक वर्षमा एक करोड ७३ लाख रुपैयाँ थपिनेछ। 

बालविकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्। माध्यमिक तहमा १४, निम्न माध्यमिकमा २८ र प्राथमिक तहमा १६० जना छन्। रासस


प्रकाशित : आइतबार, मंसिर २१ २०८२१०:१६
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • # खाेटाङ
  • # हलेसी तुवाचुङ नगरपालिका
  • # भत्ता
  • # सामुदायिक विद्यालय
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend