काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ।
सूर्यविनायक-धुलिखेल सडकअन्तर्गत साँगा-धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो।
सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा-धुलिखेल खण्डमा ६० र सूर्यविनायक-साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ। रासस
