बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्व बैंकको आर्थिक सहयोगमा अदानचुली सडक स्तरोन्नति गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २० २०८२
विश्व बैंकको आर्थिक सहयोगमा अदानचुली सडक स्तरोन्नति गरिँदै

सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो।

हुम्ला- अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको छ । 

सडकको ट्र्याक खोलिएको करिब १० वर्षपछि उक्त सडकको स्तरोन्नतिका साथै कालोपत्र गर्ने कम सुरु गरिएको हो।

गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएलगत्तै निरन्तर रूपमा काम भइरहेको छ। कर्णाली करिडोरको सडक निर्माण गरिएको स्थान(जिरो पोइन्ट) गल्फागाडबाट सुरु भएर श्रीनगरस्थित गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने स्थान नजिकैको मोडसम्म करिब नौ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने भएको छ।

अहिले गल्फागाडबाट सडक चौडा बनाउने, ग्याविन लगाउने, नाला खन्ने काम स्काभेटर र कामदारबाट धमाधम भइरहेको छ। विश्वबैंको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडकको लम्बाई ९ दशमलव ९ किलोमिटर रहेको छ। 

गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले काममा केही ढिलाइ हुने देखिएपछि दुई सिफ्टमा सडकको स्तरोन्नति गर्ने काम अगाडि बढाउने विषयमा निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए। उक्त सडकको स्तरोन्नति गर्ने काम पूरा भएपछि कालोपत्रको काम सुरु गरिनेछ। रासस


प्रकाशित : शनिबार, मंसिर २० २०८२१५:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend