बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २० २०८२
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी  पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ। प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ।

काठमाडौं- काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ। 

काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २.५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो। एसियाली विकास बैंक (एडीबी)को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको प्रशोधन केन्द्रको लागत  तीन अर्ब १८ करोड  छ। केन्द्रको निर्माण आगामी मङ्सिरमा पूरा गर्ने लक्ष्य छ।

टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी  पानी प्रशोधन भएपछि वाग्मतीमा प्रवाहित गरिने छ । प्रशोधन केन्द्रका सहउत्पादनको रुपमा ८०० किलोवाट विद्युत् पनि त उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ। 

हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका भौतिक संरचना निर्माण भइरहेका छन्भने स्थानीयको अवरोधका कारण ललितपुरतर्फका संरचनाको निर्माण हुन सकेको छैन। ललितपुरमा  विद्युत् उत्पादन हुने संरचना मात्र रहनेछन्। मुख्य ढल प्रशोधन गर्ने संरचना भने त्रिपुरेश्वरमा  निर्माणधीन छन्। 

मन्त्री घिसिङले आज निर्माणधीन प्रशोधन केन्द्रको  निरीक्षण गरी निर्माण प्रगतिबारे जानकारी लिए। त्यस क्रममा उनले निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परार्शदाता र निर्माण व्यवसायीसँग निर्माण सम्पन्न हुने तालिका, बेहोरिरहेका समस्या, समाधानका लागि गर्नुपर्ने नीतिगत निर्णयलगायतका विषयमा छलफल गरेका थिए।

 निर्माण व्यवसायीले त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। रासस


प्रकाशित : शनिबार, मंसिर २० २०८२१४:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend