बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३
रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २० २०८२
रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए।

बाँके- रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ।

उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए।

निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले माटोमा क्षारीयपन बढी रहेको पाइएकाले माटोको उर्भरशक्ति कमजोर बन्दै गएको उनको भनाइ छ। माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत कम देखिएको जनाउँदै उनले यसले उत्पादनमा ह्रास आउने उल्लेख गरे।‘युरिया, डिएपीलगायत रासायनिक मलको अत्यधिक प्रयोग गरिएको पाएका छौँ। 

प्रांगरिक मलको विकल्पमा किसानले रासायनिक मलको प्रयोग गर्दा उत्पादन घट्नुका साथै माटोको सन्तुलनमा नकारात्मक असर पर्दै गएको प्रयोगशालाका प्रमुख आशिष पाठकले बताए। खेतबारीमा पराल जलाउने, रोटाभेटरको प्रयोग गर्ने, प्रांगरिक मलको प्रयोग नगरी रासायनिक मल असन्तुलित रूपमा प्रयोग गर्नाले माटोको अवस्था बिग्रिँदै गएर उत्पादकत्व कम हुँदै गएको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा विनोद घिमिरेले माटोको अवस्था सुधार नगरे आगामी पुस्ताले प्रांगरिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढ्दै गएको बताए। जिल्लामा माटो परीक्षण निःशुल्क शिविर सञ्चालन गरी गरिएको भए पनि किसानमा उत्साह नदेखिएकाले सचेतना जगाउन आवश्यक रहेकामा उनले जोड दिए।

उनका अनुसार यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्रांगरिक पदार्थ मध्यम देखि कम पाइएको छ। यस्तो अवस्थामा अनावश्यक रूपमा रासायनिक मल खेतमा प्रयोग गरिँदा माटोमा रहेका ती तत्वको सन्तुलन बिग्रिएर उत्पादकत्व क्षमता कमजोर हुँदै जाने उल्लेख गरे।


प्रकाशित : शनिबार, मंसिर २० २०८२१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend