काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशककोसमेत काम गर्ने जिम्मेवारी सरकारले दिएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनी निलम्बित भएका छन्। यस्तोमा खाली रहेको महानिर्देशककोसमेत जिम्मेवारी डंगोललाई दिइएको हो।
मन्त्रालयको हवाई व्यवस्थापन महाशाखा प्रमुखसमेत रहेका डंगोल उड्डयनको जानकारी भएका प्रशासक हुन्। अधिकृतका रुपमा प्राविधिक पदमा काम गरेका डंगोललाई प्राधिकरणको महानिर्देशककोसमेत जिम्मेवारी दिइएको हो।
अर्को निर्णय नहुँदासम्मका लागि डंगोलले प्राधिकरणको महानिर्देशकको समेत काम गर्नेछन्। अधिकारीको कार्यकाल दुई महिनापछि सकिनेछ।