शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनआईसी एसिया बैंकको लकर सेवामा ग्राहकका लागि विशेष छुट सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १९ २०८२
एनआईसी एसिया बैंकको लकर सेवामा ग्राहकका लागि विशेष छुट सुविधा

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ।

निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ।  

ग्राहकहरुले यस बैंकको लकर सुविधा लिइ आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्ने छन्।

बैंकले मुलुकभरका १५० वटा बैंक शाखाहरुमा ग्राहकहरुको आवश्यकताअनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ। 

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १९ २०८२१७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend