काठमाडौं- बिहीबारको तुलनामा आज शुक्रबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने चाँदी ३ हजार ५ सय ५५ निर्धारण भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ६ सय २५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय ४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
गएको असोज ३१ गते नै सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। यस्तै यही मंसिर १७ गते बुधबार चाँदी अहिलेसम्मकै उच्च मूल्य ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।


