बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

भाटभटेनी सुपरमार्केटको वालुवाटारस्थित वेयरहाउस सञ्चालनमा

बिहीबार , मंसिर १८ २०८२
भाटभटेनी सुपरमार्केटको वालुवाटारस्थित वेयरहाउस सञ्चालनमा

काठमाडौं उपत्यकासहित देशभरका स्टोरहरूमा पुनर्निर्माणको काम भइरहेको छ। आगजनी भएर खरानी भएका भवनमा सञ्चालक मीनबहादुर गुरुङले साहस देखाउँदै पुनः उठ्ने अठोटका साथ पुनर्निर्माणमा लागेका छन्।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको भाटभटेनी सुपरमार्केटको वालुवाटारस्थित वेयरहाउस सञ्चालनमा आएको छ। रुद्राष्टाध्यायी पाठपारायणसहित पूजाआजा गरि आज बिहीबारदेखि वेयरहाउस सञ्चालनमा आएको हो। 

bhatbhateni.jpg
undefined

जेनजीको आन्दोलन भड्किँदा गएको भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँबराबरको क्षति भएको थियो।

भाटभटेनीका १२ वटा स्टोर पूर्ण क्षति भएका थिए पनि ९ वटा आंशिक क्षति भएका थिए। पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५ सय ९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको थियो। ४९ करोड ५७ लाख ७६ हजार ६ सय ५५ रुपैयाँबराबरका सामग्री तोडफोड र लुटपाट गरिएको थियो।

आगजनीबाट काठमाडौंको नक्सालमा रहेको भाटभटेनी मुख्यालय, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको वेयरहाउस सबैभन्दा बढी क्षति भएको थियो। 

bhatbhateni store 1.jpg

त्यस्तै पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका सुपरस्टोर पनि पूर्णरूपमा ध्वस्त भएका थिए। यसबाहेक काठमाडौं उपत्यकाका कलंकी, बालाजु र थिमि तथा उपत्यकाबाहिर जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा स्टोरमा तोडफोड र लुटपाट भएका थिए। 

काठमाडौं उपत्यकासहित देशभरका स्टोरहरूमा पुनर्निर्माणको काम भइरहेको छ। आगजनी भएर खरानी भएका भवनमा सञ्चालक मीनबहादुर गुरुङले साहस देखाउँदै पुनः उठ्ने अठोटका साथ पुनर्निर्माणमा लागेका छन्।


प्रकाशित : बिहीबार , मंसिर १८ २०८२१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend