काठमाडौं- आज अन्तर्राष्ट्रिय बैंक दिवस हो। यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो।
