बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सूर्यविनायक-साँगा सडक विस्तारको काम सुस्त

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १७ २०८२
सूर्यविनायक-साँगा सडक विस्तारको काम सुस्त

तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र म्याद बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिए।

काठमाडौं- सूर्यविनायक-धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा ३८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ। 

आशिष-कुमार श्रेष्ठ-बन्धन भगवती जेभीले २०७९ पुस २४ गते निर्माण सुरु भएको ७.५ किलोमिटर लामो सूर्यविनायक-साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ। 

तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र म्याद बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिए।

इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक-साँगा खण्डमा पर्ने घर-टहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्य नै प्रभावित भएको उनले बताए। 

सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबीच निर्माण कार्यको म्याद थप गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै इन्जिनियर पाण्डेले म्याद थप भएमा असार मसान्तसम्म सूर्यविनायक-साँगा खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न गर्न सकिने बताए।

सडक विस्तार सुस्ताएसँगै काभ्रेपलाञ्चोकको धुलिखेल भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्ने दैनिक यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। सडक निर्माणको दोस्रो खण्ड साँगा-धुलिखेलको ८.३ किलोमिटर सडक अहिले तीव्र गतिमा कालोपत्रेको काम भइरहेको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१७:२४
  • सम्बन्धित विषय:

  • # सडक
  • # सूर्यविनायक-साँगा सडक
  • # सूर्यविनायक-धुलिखेल सडक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend