शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘हुन्डाई टक्सन’मा सरर काठमाडौं-कन्याकुमारी यात्रा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १७ २०८२
‘हुन्डाई टक्सन’मा सरर काठमाडौं-कन्याकुमारी यात्रा

काठमाडौं- काठमाडौंदेखि कन्याकुमारीसम्म जाने र कन्याकुमारीदेखि पुनः काठमाडौं फर्कने गरीको तीन जना नेपाली यात्रीहरूको सडक यात्रामा हुन्डाई टक्सन कारको प्रयोग गरिने भएको छ।  

नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसबारे जानकारी गराउँदै खुसी व्यक्त गरेको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार उक्त टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल छन्।

यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ। यस अवधिमा करिब ८ हजार किलोमिटरको दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ। यो यात्रामा यात्रीहरूले विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गर्दैछन्, जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ।

हुन्डाई टक्सन आफ्नो अल-व्हील ड्राइभ क्षमता, उच्च ग्राउण्ड क्लियरेन्स र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू–भागको यात्राका लागि उपयुक्त मानिन्छ। टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन्। 

यसका अतिरिक्त आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन्।

यस प्रकारका सडक यात्राहरूले नेपाली यात्रुहरूबीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान र सडक गतिशीलता चेतनालाई प्रवद्र्धन गर्न मद्दत गर्दछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले सम्पूर्ण टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राका लागि शुभकामना व्यक्त गरेको छ।


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१७:००
  • सम्बन्धित विषय:

  • # लक्ष्मी इन्टरकन्टिनेन्टल
  • # हुन्डाई
  • # हुन्डाई टक्सन
  • # अटोमोबाइल्स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend