काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकका मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’बाट कम्तीमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आईफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरूलाई आईफोन १७ प्रदान गर्नेछ।
साथै योजनाअनुसार बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेबापत हरेक दिन (योजना अवधिभर) सामसङ इयरबड जित्ने अवसरसमेत छ।
मंसिर १५ गतेदेखि सुरु भएको योजना पुस २५ सम्म लागू रहनेछ। योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम ३ पटक रकमान्तर गरेको हुनपर्ने छ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’, ‘बेष्ट इम्प्लोयर’जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकसमेत हो। बैंकले आफ्ना ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालको आर्थिक समृद्धिमा पनि योगदान पुर्याउँदै आएको छ।


