बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कोटेश्वर तथा जडीबुटी अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि ३१ अर्ब ७६ कराेड ऋण सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १७ २०८२
कोटेश्वर तथा जडीबुटी अन्डरपास तथा फ्लाइओभर निर्माणका लागि ३१ अर्ब ७६ कराेड ऋण सम्झौता

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौं-नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितमा ऋण सम्झौता भएको हो।

जापानले उक्त आयोजनाका लागि ३४ अर्ब ५९ कराेड जापानी येन (करिब ३१ अर्ब ७६ कराेड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराउने भएको हो। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने गरी सम्झौता भएको छ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिने भएको छ।

ऋण सहायतासँग सम्बन्धित सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा  तोरुले हस्ताक्षर गरेका हुन। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।
 
महामहिम जापानी राजदूतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्दै साथै नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रता र सम्बन्धको स्मरण गरेका थिए।

अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास लिएको बताए।


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend