शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बर्ली होम एप्लायन्सेजको ६ नयाँ मोडेलका गिजर नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १७ २०८२
बर्ली होम एप्लायन्सेजको ६ नयाँ मोडेलका गिजर नेपाली बजारमा

काठमाडौं- बर्ली होम एप्लायन्सेजले एलेन्स र एलेसिया सिरिजका ६ नयाँ स्टोरेज वाटर गिजर नेपाली बजारमा सार्वजनिक गरेको छ। 

गत वर्ष सार्वजनिक १७ एअर कूलर मोडेलको सफलतापछि  कम्पनीले आफ्नो उत्पादन विस्तारका क्रममा अत्याधुनिक जर्मन टेक्नोलोजी, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू ल्याएको हो। 

नेपालमा बर्ली उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रिब्युटर सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री-वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ।

कम्पनीका एक प्रतिनिधिले भने, ‘नेपालमा एअर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। एलेन्स र एलेसिया सिरिजका मोडेलहरू सुरक्षा, दिगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन्।’
 
नयाँ प्रस्तुत  बर्ली गिजरले ग्राहकलाई वाटर ट्याङ्कमा ७ वर्ष, हिटिङ एलिमेन्ट मा २ वर्ष र सम्पूर्ण उत्पादनमा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छ र दुई सिरिजअन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

एलेगन्स सिरिज 

आधुनिक डिजाइन, उच्च गुणस्तर हिटिङ र भरपर्दो निर्माणसहितको यो सिरजमा १० लिटर, १५ लिटर र २५ लिटर क्षमताका गिजर उपलब्ध छन्।

विशेषताहरू

-टेम्परेचेर कन्ट्रोल नब

-शक एण्ड वाटरप्रूफ डिजाइन

-इनर्जी इफिसिएन्ट अपरेशन

-हाइ क्वालिटी हिटिङ एलिमेन्ट

-इनामेल कोटेड ड्युरेबल वाटर ट्याङ्क

-जर्मन प्रविधिमा आधारित

-आकर्षक मिनिमलिस्ट डिजाइन

-विश्वसनीय ‘अल्वेज एट होम’ अनुभव

एलेसिया सिरिज

यो सिरिजमा प्रिमियम रङहरूको विकल्पसहित आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू एलेसिया २५ ब्ल्याक, एलेसिया २५ गोल्डेन र एलेसिया १५ गोल्डेनमा उपलब्ध छ।

विशेषताहरू

-टेम्परेचर कन्ट्रोल नब

-शक एण्ड वाटरप्रूफ बडी

-हाइ इफिसियन्सी हिटिङ एलिमेन्ट

-इनर्जी सेभिङ पर्फर्मेन्स

-इनामेल कोटेड वाटर ट्याङ्क

-जर्मन प्रविधिमा आधारित संरचना

-आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिश

-युजर फ्रेन्ड्ली फ्रन्ट कन्ट्रोल

बर्ली होम एप्लायन्सेज

बर्ली होम एप्लायन्सेज द्रुत गतिमा विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्राण्ड हो, जसले कूलिङ, हिटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादहरूमा आधुनिक, दिगो र ऊर्जा-दक्ष समाधान प्रदान गर्छ।

जर्मन टेक्नोलोजीमा आधारित डिजाइन, प्रिमियम निर्माण र उपभोक्तामैत्री प्रदर्शनका कारण बर्ली दक्षिण एशियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल बर्लीका लागि महत्त्वपूर्ण बजारका रूपमा स्थापना भइरहेको छ। यहाँ बर्लीका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध हुन्छन्। 

सीजी इलेक्ट्रोनिक्स

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं उपभोक्ताको विश्वास जितेको छ। देशभर २१ शोरूम, ४० सेवा केन्द्र तथा आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सुविधा प्रदान गर्दै कम्पनीले उपभोक्ता सेवालाई अझ सहज बनाएको छ।


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१३:४९
  • सम्बन्धित विषय:

  • # बर्ली होम एप्लायन्सेज
  • # गिजर
  • # सीजी इलेक्ट्रोनिक्स
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend