शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

लगातार उचाइतर्फ चाँदीको मूल्य, सुनको मूल्य पनि बढ्यो

बुधबार, मंसिर १७ २०८२
लगातार उचाइतर्फ चाँदीको मूल्य, सुनको मूल्य पनि बढ्यो

चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ। मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको मूल्यमा फेरबदल भइरहेको हो। 

यो साता आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ र सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा अहिलेसम्म सुनको उच्च मूल्य गएको असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। 

आज बुधबार चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

हिजो मंगलबार चाँदी ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी गएको आइतबार प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ र सोमबार ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend