बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १७ २०८२
वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा  पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ। 

कार्यालयले चालु आवको चार महिनामा  फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपूर्जाको आयातबाट तीन अर्ब १७ करोड राजस्व संकलन गरेको छ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब सात करोड राजस्व संकलन गरेको छ। चालु आवको चार महिनामा वीरगञ्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन्। कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको जनाएको छ। रासस

 

 

 


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend