काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा छुट पाउने भएका छन्।
छुट सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो।
सम्झौता पश्चात यस बैंकका ग्राहकले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा ईएनटी र जेनेरल सर्भिस अन्तर्गत ओपीडी मा २० प्रतिशत तथा इन्भेस्टिकेसन मा १० प्रतिशत छुट पाउने छन्।
साथै,आँखा उपचार गर्दा ओपीडी जेनेरलमा २० प्रतिशत, अप्रेसन चार्ज, सर्जरी प्याकेज तथा इन्भेस्टिकेसनमा ५ प्रतिशतसम्म छुट पाउने छन्।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएकाे छ।
हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।


