बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आगलागी, करोडौँको क्षति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १६ २०८२
बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आगलागी, करोडौँको क्षति

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

बाजुरा- बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ। 

आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ। 

बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए। 

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो। आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ। 

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए। क्षतिको विवरण भने यकिन भएको छैन। रासस

 


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend