बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

चार महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्ब ७२ कराेड प्रथम बीमा शुल्क संकलन

मंगलबार, मंसिर १६ २०८२
चार महिनामा जीवन बीमा कम्पनीले गरे १२ अर्ब  ७२ कराेड प्रथम बीमा शुल्क संकलन

सार्वजनिक विवरण अनुसार सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सले ३ अर्ब ६७ करोड ५३ लाख बराबरको प्रथम बीमाशुल्क संकलन गरेको छ । त्यसैगरि कम्पनिले ४९ अर्ब ४९ करोड ४५ लाख बराबरको नवीकरण बीमाशुल्क संकलन गरेको छ।

काठमाडाै‍- जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्म १२ अर्ब बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा  १२ अर्ब ७२ करोड २९ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेका हुन्।

सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६७ करोड ५३ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ। त्यसैगरी कम्पनीले ४९ अर्ब ४९ करोड ४५ लाख बराबरको नवीकरण बीमा शुल्क संकलन गरेको छ।

दोस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८८ करोड ६६ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ। कम्पनीले नवीकरण बीमा शुल्क ५अर्ब ५८ करोड ६३ लाख संकलन गरेको छ।

प्रथम बीमा शुल्क संकलनको आधारमा तेस्रो नम्बरमा रहेको लाइफ इन्स्यारेन्स् कर्पोरेशनले नेपालले ९३ करोड २२ लाख बरारबको प्रथम बीमा शुल्क संकलन गरेको छ।

त्यसैगरि कात्तिक मसान्तसम्ममा सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनी रहेको छ सन नेपाल लाइफ इन्स्योरेन्स्। कम्पनीले २८ करोड ८४ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ।

त्यसैगरि लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ११ करोड १ लाख,क्रेष्ट माइक्रो लाइफले १० करोड ८९ लाख र लिवर्टी माइक्रो इन्स्योरेन्सले ८ करोड ५५ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन्।

जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्ममा १२ अर्ब ७२ करोड ३९ लाख प्रथम बीमा शुल्क र ४९ अर्ब ४९ करोड ४५ लाख नवीकरण बीमा शुल्क सहित ६२ अर्ब २१ करोड ८४ लाख बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्।


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend