बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य अहिलेसम्मकै उच्च

मंगलबार, मंसिर १६ २०८२
सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य अहिलेसम्मकै उच्च

चाँदी तोलामा १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँ निर्धारण भएको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो। 

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको मूल्य केही घटेको हो।

यो साता आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा अहिलेसम्मको उच्च मूल्य गएको असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। 

आज मंगलबार चाँदी भने तोलामा १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँ निर्धारण भएको छ। जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। गएको आइतबार चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ र सोमबार ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend