बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बेनी-जोमसोम-कोरला सडक : म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १६ २०८२
बेनी-जोमसोम-कोरला सडक : म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र

राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन्।

म्याग्दी- बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ। बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो। 

उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ। नागढुंगा-कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान भएको छ। राहुघाट-नागढुंगा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा काम सम्पन्न भएको छ। 

त्यसैगरी राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन्। रासस


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend