बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

दिनदिनै कमजोर हुँदै भारतीय मुद्रा, नेपाली रूपैयाँ पनि प्रभावित

मंगलबार, मंसिर १६ २०८२
दिनदिनै कमजोर हुँदै भारतीय मुद्रा, नेपाली रूपैयाँ पनि प्रभावित

भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुने गरेको छ।

काठमाडौं- भारतीय रुपैयाँ दिनदिनै कमजोर हुँदै गएको छ। सोमबार डलरसँगको तुलनामा कमजोर बनेको भारु आज फेरि नयाँ कमजोर बिन्दुमा झरेको छ। 

सोमबार एक डलरबराबर ८९.५४ रुपैयाँमा झरेको भारु आज सुरुवातमै ८९.८५ रुपैयाँमा झरेको छ। पछिल्लो समय एसियाकै खराब प्रदर्शन भारुले गरिरहेको छ। 

भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुने गरेको छ। भारुसँगको स्थिर विनिमय दरका कारणले कारोबारी विनिमय दरमा नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर हुनेछ। 

मुद्रा कमजोर हुँदा नेपाली निर्यातले भने फाइदा पाउँदैन। किनभने भारत नै ठूलो व्यापारिक साझेदार भएका कारणले नेपाली रुपैयाँ कमजोर भएको फाइदा हुँदैन। रेमिट्यान्स पाउनेहरूलाई भने यसको लाभ हुने गरेको छ। 

आज नेपाली एक रुपैयाँबराबर १४३.५८ डलर पुगेको छ। 


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend