बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

वीरगञ्ज नाका हुँदै ८९ करोड बराबरका कृषि उपज आयात

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १६ २०८२
वीरगञ्ज नाका हुँदै ८९ करोड बराबरका कृषि उपज आयात

गत आवको सोही अविधको तुलनामा यो एक अर्ब २४ करोडले बढी हो।

वीरगञ्ज- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन्। 

गत आवको सोही अविधको तुलनामा यो एक अर्ब २४ करोडले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र  दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ।

त्यसैगरी, एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ। 


प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend