बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नोभेम्बरमा १ लाख १६ हजार पर्यटक भित्रिए, ११ महिनामा १० लाख ६० हजार पुग्यो आगमन

सोमबार, मंसिर १५ २०८२
नोभेम्बरमा १ लाख १६ हजार पर्यटक भित्रिए, ११ महिनामा १० लाख ६० हजार पुग्यो आगमन

नोभेम्बरमा सबैभन्दा धेरै १८ हजार ९९५ पर्यटक भारतबाट आएका छन्।

काठमाडौं- सन् २०२५ को नोभेम्बर महिनामा नेपालमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधीमा पर्यटक आगमन दर उल्लेख्य रूपमा बढेको देखिएको छ।

नोभेम्बरमा सबैभन्दा धेरै १८ हजार ९९५ पर्यटक भारतबाट आएका छन्। त्यसपछि क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक आएका छन्।

क्षेत्रगत हिसाबले दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक नेपाल आएका छन्।

जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा नेपालमा प्रवेश गर्ने विदेशी पर्यटकको संख्या १० लाख ६० हजार २६९ पुगेको बोर्डले जनाएको छ। यस वर्षको अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल आएका थिए, जुन मुख्य पर्यटन यामका कारण वर्षकै उच्च आगमन मानिन्छ।

यसअघि, २०२५ को सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका थिए।

 


प्रकाशित : सोमबार, मंसिर १५ २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend