बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

निजी क्षेत्रमाथिको आक्रमणप्रति सधैँ आवाज उठाउनु पर्छ, सडकबाट कसैलाई दोषी करार गर्न मिल्दैन : अर्थमन्त्री खनाल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १५ २०८२
निजी क्षेत्रमाथिको आक्रमणप्रति सधैँ आवाज उठाउनु पर्छ, सडकबाट कसैलाई दोषी करार गर्न मिल्दैन : अर्थमन्त्री खनाल

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले निजी क्षेत्रका प्रतिनिधिहरुले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन सक्नेगरी लगानीमा लागिरहँदा किन सधैँ हामी माथि आक्रमण भनेर कुरा उठाइरहने र त्यो आवाज उठाउनु जाहेज रहेको उनले बताए।

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणप्रति सधैँ आवाज उठाउनु पर्ने र‌ कसैले कसैलाई सडकबाट दोषी करार गर्न नमिल्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले निजी क्षेत्रका प्रतिनिधिहरुले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन सक्नेगरी लगानीमा लागिरहँदा किन सधैँ हामी माथि आक्रमण भनेर कुरा उठाइरहने र त्यो आवाज उठाउनु जाहेज रहेको उनले बताए। 

'जो सुकैले सम्पत्ति सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हो। त्यसमा सडकबाट औँला उठाएर कसैले कसैलाई दोषी करार गर्न मिल्दैन। कानूनले हेर्ने विषयहरु कानूनले हेर्छ' उनले भने। 

यस्तै उनले यसअघि नै दायित्व सिर्जना भइसकेका कामहरु चलिरहेका र राजमार्गहरुमा पहिलेभन्दा तीब्र गतिमा काम भएकोसमेत बताएका छन्। 

साथै पूर्व विशिष्टको सेवा सुविधाबारे कार्यविधि बनाउने काम भइरहेको पनि उनले जानकारी दिए।

प्रकाशित : सोमबार, मंसिर १५ २०८२१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend