काठमाडौं- आज सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ।
गएको आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च भएको छ। आज आइतबार चाँदी प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि गएको आइतबार चाँदी ३ हजार ४ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।


