बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकनका लागि तीन परामर्शदाता छनोट

सोमबार, मंसिर १५ २०८२
चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकनका लागि तीन परामर्शदाता छनोट

अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकन (डीडीए) गर्न तीन परामर्शदाताको प्रस्ताव स्वीकृत गरेको छ।

काठमाडौं- अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकन (डीडीए) गर्न तीन परामर्शदाताको प्रस्ताव स्वीकृत गरेको छ।

सरकारले सार्वजनिक संस्थान सुधारका लागि व्यापक नीति तथा मार्गचित्र सार्वजनिक गरेको पृष्ठभूमिमा रुग्ण उद्योगहरूको वास्तविक अवस्था, सम्पत्ति मूल्य र सम्भावित जोखिम पहिचान गर्न मन्त्रालयले ती परामर्शदातालाई छानेको हो।

मन्त्रालयका अनुसार जनकपुर चुरोट कारखानाको डीडीएका लागि एस एन्ड एस–पीजेपीएन जेभी र एस. सुवेदी एन्ड एसोसिएट्स छनोट भएका छन्। बुटवल धागो कारखाना लिमिटेडका लागि एस एन्ड एस–पीजेपीएन जेभी, नेपाल ओरेन्ड म्यागनासाइट प्रा.लि.का लागि एस एन्ड एस–पीजेपीएन जेभी नै जिम्मेवार रहनेछ। त्यस्तै, नेपाल मेटल कम्पनी लिमिटेडको डीडीएका लागि एस एन्ड एस–पीजेपीएन जेभी र जीन एन्ड एसोसिएट्स छनोट गरिएका छन्।

छनोटमा परेका परामर्शदाताले पेश गरेका आर्थिक प्रस्ताव यही मंसिर २१ गते सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। सरकारले गत साउन २० गते यी उद्योगको सम्पत्ति मूल्यांकनका लागि दरखास्त आह्वान गरेको थियो।

FinanceMinistry.jpg


प्रकाशित : सोमबार, मंसिर १५ २०८२०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend