बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : दुई महिनामा चारपटक चरा ठोक्कियो, बुद्धमा तीनपटक, यतीमा एक

आइतबार, मंसिर १४ २०८२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : दुई महिनामा चारपटक चरा ठोक्कियो, बुद्धमा तीनपटक, यतीमा एक

पोखरा विमानस्थलमा सामान्यत: बिहानको ९/१० बजेपछि चराको मुभमेन्ट देखिने गरेको छ। जब घामको ताप बढ्दै जान्छ चराको मुभमेन्ट बढ्दै जान्छ।

काठमाडौं- काठमाडौंबाट पोखराका लागि उडान गरेको बुद्ध एयरको जहाजमा गएको शनिबार चरा ठोक्कियो। जहाज अवतरणको समयमा 'बर्ड हिट' भएको थियो। जसले गर्दा जहाजमा सामान्य क्षति भएको थियो। 

पोखरा विमानस्थलका कार्यकालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार अन्य समयमा भन्दा गएको शनिबार भएको घटनामा जहाजमा बढी क्षति भएको हो। चरा ठोक्किएको जहाज प्राविधिक जाँचपछि उडानमा फर्किसकेको छ। 

यसअघि गएको कात्तिक २९ गतेपनि पोखरा विमानस्थलमै बुद्धको जहाज चरासँग ठोक्किएको निरौलाले बताए। उनका अनुसार अक्टोबर र नोभेम्बरमा गरेर जहाजमा चरा ठोक्किएको चार वटा घटना भए। जसमा अक्टोबरमा दुईवटा र नोभेम्बरमा दुईवटा भएको हो।

अक्टोबरमा एउटा बुद्ध र एउटा यतीको उडानमा चरा ठोक्किएको थियो भने नोभेम्बरमा चरा ठोक्किएको दुईवटै घटना बुद्ध एयरको हो।बुद्धको उडान बढी भएका कारण यस्तो संख्या बढी भएको विमानस्थल कार्यालयको तर्क छ।

पोखरा विमानस्थलमा सामान्यत: बिहानको ९/१० बजेपछि चराको मुभमेन्ट देखिने गरेको छ। जब घामको ताप बढ्दै जान्छ चराको मुभमेन्ट बढ्दै जाने निरौला बताउँछन्। अर्को त पोखरा विमानस्थलको रनवे ढलान छ। ढलान तातो भएपछि चरा ढलालमै आएर बस्दा पनि 'बर्ड हिट'को घटना भइरहेको विमानस्थलको भनाइ छ।

विमानस्थल कार्यालयका अनुसार चरा धपाउन दुईवटा गाडी प्रयोग भइरहेको हुन्छ तर पनि बेला बेलामा घटना भइरहेको छ। चरा ठोक्किने घटनाबाट जहाजलाई जोगाउन विमानस्थल कार्यालयले नयाँ प्रविधिको प्रयोगका विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ।


प्रकाशित : आइतबार, मंसिर १४ २०८२१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend