शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सिजी इलेक्स्ले ल्यायो ईएमआई र एक्स्चेन्ज अफर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १४ २०८२
सिजी इलेक्स्ले ल्यायो ईएमआई र एक्स्चेन्ज अफर

जाडोमा बढी प्रयोग हुने गिजर, हीटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि ईएमआइ सुविधा लागू गरिएको छ। त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा ईएमआइ तथा एक्स्भचेन्ज दुवै सुविधा उपलब्ध छन्।

काठमाडौं - सीजी इलेक्ट्रोनिक अन्तर्गतको सिजी इलेक्सले जाडो याम र एनपीएल क्रिकेट सिजनलाई लक्षित गर्दै सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार, पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण ईएमआई मा खरिद गर्दा दैनिक ४५ रुपैंया बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुने छ।

अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन्। क्रिकेट सिजनलाई ध्यानमा राख्दै फोरके स्मार्ट टीभी सहितका विभिन्न मोडेलमा विशेष ईएमआइ र एक्स्भचेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।

४३ इन्चभन्दा ठूला स्मार्ट टीभी खरिद गर्ने ग्राहकले २२ सय रुपैंया मूल्य बराबरको नेट टीभी ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्नेछन्। समावेश ब्रान्डहरूमा एलजी सीजी इन्स्पायरिङ ,सीजी मेरेडिया, गोदरेज ,टीसीएल, बर्ली, केन्ट आर ओ मिडिया,बेको, ब्ल्याक एन्ड डेकर, इलिका र सेन्सेई रहेका छन्।

कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार–अनुसारको उच्च मूल्यांकन प्राप्त हुन्छ र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ।

ग्राहकहरूले CGelex.com मा गएर आफ्नै पुरानो उपकरणको भ्यालुएशन स्व–रूपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ। वेबसाइटबाटै तुरुन्तै कति मूल्यांकन आउँछ भन्ने थाहा पाइने भएकाले, निर्णय प्रक्रिया अझ छिटो र पारदर्शी हुने कम्पनीले जनाएको छ।
 सुविधालाई एक कदम अझ सहज बनाइएको छ। सीजी एलेक्सले जगदम्बा हायर परचेज सँगको टाई-अप मार्फत “नागरिकता भए पुग्छ” सेवा उपलब्ध गराएको छ, जसअनुसार ईएमआइ लिन ग्राहकलाई ग्यारेन्टर को आवश्यक पर्दैन—नागरिकता भए पुग्छ। ईएमआई स्वीकृति छिटो हुने र प्रक्रिया झनै सरल बनाएको कम्पनीको दाबी छ।

जाडोमा बढी प्रयोग हुने गिजर, हीटर, वासिङ मेसिन लगायतका उपकरणमा पनि ईएमआइ सुविधा लागू गरिएको छ। त्यस्तै, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका किचन उपकरणमा ईएमआइ तथा एक्स्भचेन्ज दुवै सुविधा उपलब्ध छन्।

देशभरका सीजी डिजिटल शो–रुम, एलजी ब्रान्ड शप का अधिकृत डिलर नेटवर्क तथा cgdigital.com.np  मार्फत यो अफर उपलब्ध हुनेछ। धेरैजसो मोडेलमा निःशुल्क डेलिभरी तथा निःशुल्क इन्स्टलेसन सेवा पनि गराइने जानकारी कम्पनीले दिएको छ।

 


प्रकाशित : आइतबार, मंसिर १४ २०८२१४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend