शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कुमारी बैंकका ग्राहकले वेल केयर क्लिनिकमा छुट पाउने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १४ २०८२
कुमारी बैंकका ग्राहकले वेल केयर क्लिनिकमा छुट पाउने

अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

काठमाडौं- कुमारी बैंक  र आरोग्य वेल केयर क्लिनिक  बिच बैंकका ग्राहक महानुभावहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। 

सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिकबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन एबिपियम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : आइतबार, मंसिर १४ २०८२१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend