शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘मेरिट प्रमाणपत्र’ प्राप्त गर्ने पहिलो बीमा कम्पनी बन्यो शिखर इन्स्योरेन्स

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १४ २०८२
‘मेरिट प्रमाणपत्र’ प्राप्त गर्ने पहिलो बीमा  कम्पनी  बन्यो शिखर इन्स्योरेन्स

साफा द्वारा प्रदान गरिने यो सम्मानलाई दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ।

काठमाडौं- शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन मा मेरिट प्रमाणपत्र प्राप्तगरेको छ।

 यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बिमा कम्पनी बनेको हाे।

यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र नभई, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि एउटा उल्लेखनीय माइलस्टोन हो, जसले नेपाली कर्पोरेट क्षेत्रको वित्तीय प्रतिवेदनको गुणस्तर दक्षिण एसियाली मापदण्डमा अब्बल रहेको प्रमाणित कम्पनिले जनाएको छ।

साफा द्वारा प्रदान गरिने यो सम्मानलाई दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ। 

यस सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन,  स्टकहाल्डर  सँगको स्पष्ट र पारदर्शी सञ्चार प्रतिको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको छ।

कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्त्वपूर्ण प्रमाण हो।

शिखर इन्स्योरेन्सले यो अन्तर्राष्ट्रिय मान्यताले भविष्यमा अझ उच्च स्तरको सुशासन, वित्तीय पारदर्शिता, र उत्तम प्रतिवेदन प्रणालीलाई विस्तार गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ, जसले समग्र नेपाली बिमा क्षेत्र तथा देशको कर्पोरेट समुदायमा सकारात्मक योगदान पु¥याउनेछ।

 


प्रकाशित : आइतबार, मंसिर १४ २०८२१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend