बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन : प्रधानमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १४ २०८२
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन : प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छिन्।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्,‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन।’

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन्।

प्रकाशित : आइतबार, मंसिर १४ २०८२१२:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend