काठमाडौं- आज आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ। गएको शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुन गएको साता आइतबार २ लाख ४४ हजार ६ सय, सोमबार २ लाख ४२ हजार ७ सय र मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ४८ हजार ४ सय रुपैयाँ रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च भएको छ। आज आइतबार चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि गएको असोज ३१ गते चाँदी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
गएको असोज ३१ गते नै सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको मूल्य निरन्तर उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १ सय ७५ र चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


