बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

सुन्धाराबाट भागेका कैदीले मोटरसाइकल चोरेर बेचे, किन्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १४ २०८२
सुन्धाराबाट भागेका कैदीले मोटरसाइकल चोरेर बेचे, किन्ने पक्राउ

भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंबाट फरार भएका थिए।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका-१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा ४० प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवालाई पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका-७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताए। मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए। 

खाती गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंबाट फरार भएका थिए। केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाएको जनाएको छ। 


प्रकाशित : आइतबार, मंसिर १४ २०८२१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend