बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौंबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरा ठोक्कियो, सबै यात्रु सुरक्षित

शनिबार, मंसिर १३ २०८२
काठमाडौंबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरा ठोक्कियो, सबै  यात्रु सुरक्षित

काठमाडौंबाट पोखरा लागि उडेको नियमित उडान संख्या ६१७ को जहाज ९एन-एओसी अवतरणका क्रममा चरासँग ठोक्किएको छ

पोखरा- काठमाडौंबाट पोखरा लागि उडेको नियमित उडान संख्या ६१७ को जहाज ९ एन-एओसी अवतरणका क्रममा चरासँग ठोक्किएको छ। घटनापछि जहाजमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयरलाइन्स स्रोतले जानकारी दिएको छ।

अवतरणका क्रममा ‘बर्ड हिट’ भएपछि जहाजलाई पोखरा विमानस्थलमै रोकिएको छ। विमानको सुरक्षासम्बन्धी मापदण्डअनुसार प्रारम्भिक निरीक्षणपछि विस्तृत प्राविधिक परीक्षण भइरहेको तथा जहाज सञ्चालनमा ल्याउनेबारे निर्णय चाँडै हुने एयरलाइन्सले बताएको छ।

पोखरा विमानस्थलमा तैनाथ प्रविधिक टिमले जहाजका इञ्जिन तथा बाह्य संरचनामा सम्भावित क्षति मूल्यांकन गरिरहेको छ। बर्ड हिट घटनालाई विमान सुरक्षा जोखिमका रूपमा लिइने भएकाले विस्तृत परीक्षणपछि मात्र जहाज पुनः उडानका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ।

विमानस्थलका अधिकारीका अनुसार मौसम सामान्य रहे पनि अवतरण मार्गमा कहिलेकाहीँ चराको गतिविधि बढ्ने घटना देखिने गरेको छ। यसअघि पनि पोखरा तथा अन्य विमानस्थलमा चरासँग ठोक्किने घटना दर्ता हुने गरेका छन्।

एयरलाइन्सले यात्रुहरू सुरक्षित रहेकाले चिन्ता नगर्न आग्रह गर्दै आगामी उडानहरूमा कुनै असर नपर्ने व्यवस्था मिलाइने जनाएको छ।


प्रकाशित : शनिबार, मंसिर १३ २०८२१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend