बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

अन्तरसरकारी वित्त परिषदको वैठक सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
अन्तरसरकारी वित्त परिषदको वैठक सम्पन्न

प्रदेश तथा स्थानीय तहहरूले उठाइरहेका विषयमा पनि छलफल भएको थियो।

काठमाडौं- अन्तर सरकारी वित्त परिषदको एघारौँ बैठक सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। 

बैठकमा वित्तीय इकाईहरुमा स्रोतको विवतरण, कार्यान्वयन र भविष्यमा लिनुपर्ने नीतिका विषयमा छलफल भएको थियो। 

पछिल्लो समय बजेट विनियोजन तथा क्षमता विकासमा समुन्वय नहुँदा संघीय वित्तीय स्रोतको हस्तान्तरणमा समस्या देखिएको छ। यी लगायतका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। 

प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष, राष्ट्र बैंकका गभर्नर लगायतका पदाधिकारी सहभागी उक्त वैठकमा अहिलेको अवस्थाका विषयमा समीक्षा भएको थियो। 

प्रदेश तथा स्थानीय तहहरूले उठाइरहेका विषयमा पनि छलफल भएको थियो। 


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend