बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपाल वायुसेवा निगमले गर्‍याे श्रमिक यात्रुहरूका लागि छुटसहित नयाँ भाडादर लागु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
नेपाल वायुसेवा निगमले गर्‍याे श्रमिक यात्रुहरूका लागि छुटसहित नयाँ भाडादर लागु

श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १०% विशेष सहुलियत दिने निर्णय गरेको हो।

काठमाडौं- नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर तर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर लागु गरेको छ। 

श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १०% विशेष सहुलियत दिने निर्णय गरेको हो।

यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन्। 

यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ। 

प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend