शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा

एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन्।

काठमाडौं- एनसेलले नेपाल प्रिमियर लिग(एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक संचालनमा ल्याएको छ। 

यो प्याकका साथ ग्राहकहरुले डिशहोम गो एपमार्फत हाल भईरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन्। 

ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक संचालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित  २९९ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन्। प्याकमा खेलको लाइभ मजा लिन डिशहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ।


एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन्।  ग्राहकले एनसेल एप वा ८१२३३ डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ। प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न पाउछन्। 

“बन्डल डेटाका साथ एनपीएल दोस्रो संस्करणका खेलहरु हाम्रा ग्राहकहरुले प्याकमार्फत मोबाइलमा प्रत्यक्ष रुपमा हेर्न पाउने व्यवस्था गर्न पाएकोमा हामी निकै खुसी छौ,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “डिशहोमसँगको हाम्रो यो साझेदारीले ग्राहकहरुलाई निर्बाध रूपमा एनपीएलका खेलहरु लाइभ खेल हेर्ने सुविधा प्रदान गरेको छ । यसले सबैलाई जोड्ने क्रिकेट खेलको रोमाञ्चकतालाई झन बढाउने छ।”


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend