शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टीसीएलका दुई साउन्डबार नेपाली बजारमा, के छन् विशेषता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
टीसीएलका दुई साउन्डबार नेपाली बजारमा, के छन् विशेषता

काठमाडौं- टीसीएलले नेपाली बजारका लागि दुई साउन्डबार मोडेल एस५५एच र क्यू६५एच सार्वजनिक गरेको छ।

हालको क्रिकेट लाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको हाे।

यी साउन्डबारहरू नेपाली उपभोक्ताहरूको क्रिकेटप्रतिको रुचि र घरायसी मनोरञ्जनको स्तर बढाउने उद्देश्यले बनाइएका हुन्।

एस५५एच साउन्डबारले एस५५एच ले २.१ च्यानल डोल्बी एटमस र डीटीएस भर्चुअल एक्स प्रविधिको प्रयोगगरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। यो मोडेल वायरलेस सबवूफर सहित आउँछ र २२० को  शक्ति दिन्छ।

ब्लूटूथ ५.३ ले ल्याटेन्सी कनेक्टिभिटी ले लाइभ खेल वा कन्टेन्ट हेर्दा आवाजमा हुने ढिलाइलाई कम गर्छ।एआई सोनिक एडप्टेसनले कोठाको आकार र अवस्था अनुसार आवाजलाई स्वतः राम्रो बनाउँछ र उत्तम साउन्डको लागि सन्तुलित आउटपुट दिन्छ।टीसीएल. टुट्टीकोरल टेक्नोलोजी ले टीसीएल को टिभी र साउन्डबार बीच छिटो जोड्न मदत गर्छ र युनिफाइड साउन्ड आउटपुट दिन्छ, जसले अडियो क्वालिटीलाई अझ बढी राम्रो र जीवन्त बनाउँछ।

क्यू६५एच ले  ५‍.१ च्यानल स्पीकर सिस्टम को मदततले ५८०डब्लु को शक्तिशाली आवाज दिन्छ। यसले तपाईंको घरायसी मनोरञ्जन अनुभवलाई नै बदल्न सक्छ।

TCL12.jpg

डोल्बी एटमस ,वायर लेस सब वूफर,एआई सोनिक एडप्टेसन ब्लूटूथ वायरलेस कनेक्टिभिटी ,टीसीएल टीभी रेडी मुख्य विशेषताहरू रहेका छन्।

टीसीएल का यी साउन्डबारहरू नेपालभरका टीसीएल अधिकृत रिटेल आउटलेटहरू तथा अनलाइन स्टोरमार्फत उपलब्ध छन्। क्रिकेटको यस उत्साहपूर्ण सिजनमा घरमा टिभी हेर्ने अनुभवलाई मजबूत बनाउन  चाहने उपभोक्ताका लागि यो उत्कृष्ट अवसर हो। टीसीएल एक विश्वव्यापी इलेक्ट्रोनिक्स  ब्रान्ड हो, जसले टेलिभिजन, साउन्ड सिस्टम, घरेलु उपकरणहरू लगायतका उत्पादनहरूको डिजाइन, विकास, निर्माण र वितरण गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend