बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

१९ करोड ८१ लाख रुपैयाँबराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
१९ करोड ८१ लाख रुपैयाँबराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजना पक्राउ

अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं- नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौंको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो।

कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सेफलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ रुपैयाँभन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ।

अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend