बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो। 

गत आवको उक्त अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजारले कम हो।


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend