काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतीय रुपैयाँको विनिमय वर्गीकरण परिवर्तन गरिदिएको छ। कोषले अहिलेसम्मको सुविधाजनक स्थिर प्रकृतितको वर्गीकरणबाट परिवर्तन गरेर क्रोल लाइक एरेनजमेन्टमा राखिदिएको छ।
भारतीय केन्द्रीय बैंकले घरेलु मुद्राको मूल्यलाई बचउनका लागि धेरै हस्तक्षेपमा उत्रिएको भन्दै कोषले केही समय पहिले असिसमेन्ट गरेको थियो। विनिमयलाई सन्तुलित राख्नका लागि केन्द्रीय बैंकको अधिक हस्तक्षेपलाई न्यूनीकरण गर्न भन्दैं कोषले भारुको विनिमय वर्गीकर परिवर्तन गरिदिएको हो।
यो व्यवस्थामा नियन्त्रणको उपकरण नहुने भएपछि बजारको दर अनुसार तलमाथि हुनसक्ने छ। यद्यपि यसको मार्जिन २ प्रतिशतको आसापासमा हुनेछ।
पछिल्लो समयको प्रवृत्ति अनुसार भारू ४ प्रतिशतले कमजोर बनिसकेको छ। केन्द्रीय बैंकको हस्तक्षेपका बाबजुत ४ प्रतिशतको गिरावट देखिएको छ। एसियामै तीव्र स्खिलित मुद्रामा भारु परेको छ।
पछिल्लो परिवर्तनले भारुको गिरावट पनि तीव्र हुनसक्नेछ भने बढ्नसक्ने पनि सम्भावना रहेको छ। कारोबारमा आधारित वातावरणले मूल्य निर्धारण गर्नेछ। तर यो फ्लोटिङ व्यवस्था भने होइन। विनिमय दरको जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वचालित प्रणाली सहयोगी हुने कोषको विश्वास रहेको छ।
भारुको विनिमयमा गिएको यो परिवर्तनले नेपाली मुद्रा पनि स्वभाविक रुपमा प्रभावित हुनेछ। भारुसँग स्थिर विनिमय भएको नेपाली मुद्रा भारु जुन गतिमा कमजोर हुनेछ सोही गतिमा कमजोर हुनेछ। यसले पहिलो असर तेस्रो मुलुकको आयात महँगो बनाउनेछ। विशेषगरी सेवाको आयातमा झन महँगो हुने जोखिम हुनेछ। त्यस्तै भारु तीव्र कमजोर हुँदा भारतीय आयात अझ सस्तो हुन गइ नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता कजोर हुनेछ।