बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सामाजिक सुरक्षा कोषमा ९५ अर्ब संकलन हुँदा लगानी १ खर्ब २६ अर्ब पुग्यो

शुक्रबार, मंसिर १२ २०८२
सामाजिक सुरक्षा कोषमा ९५ अर्ब संकलन हुँदा लगानी १ खर्ब २६ अर्ब पुग्यो

कोषले सबैभन्दा धेरै रकम बैंकका मुद्दती खातामा राखेको छ, जसको मात्रा ५८ अर्ब ८९ करोड रुपैयाँ छ। त्यस्तै ३२ अर्ब १९ करोड ट्रेजरी बिल्समा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेन्चरमा र १ अर्ब ९५ करोड रुपैयाँ म्युचुअल फन्डमा लगानी गरिएको छ। कोषले २० हजार योगदानकर्तालाई सापटीका रूपमा झन्डै ८ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

काठमाडौं- सामाजिक सुरक्षा कोषले हालसम्म १ खर्ब २६ अर्ब रुपैयाँ विभिन्न वित्तीय साधनमा लगानी गरेको जनाएको छ। योगदानकर्ताबाट संकलन भएका ९५ अर्ब र कोषको आफ्नै पुँजी समेटेर उक्त रकम लगानी गरिएको हो।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार लगानी कार्यविधिअनुसार रकम मुख्यतः बैंकका मुद्दती खाता, ट्रेजरी बिल, विकास ऋणपत्र, डिबेन्चर र म्युचुअल फन्डमा परिचालन गरिएको छ।

उनका अनुसार कोषले सबैभन्दा धेरै रकम बैंकका मुद्दती खातामा राखेको छ, जसको मात्रा ५८ अर्ब ८९ करोड रुपैयाँ छ। त्यस्तै ३२ अर्ब १९ करोड ट्रेजरी बिल्समा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेन्चरमा र १ अर्ब ९५ करोड रुपैयाँ म्युचुअल फन्डमा लगानी गरिएको छ। कोषले २० हजार योगदानकर्तालाई सापटीका रूपमा झन्डै ८ अर्ब रुपैयाँ उपलब्ध गराएको अधिकारीले बताए।

सापटी योजनाअन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत ब्याजदरमा विशेष सापटी र ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने व्यवस्था गरिरहेको छ। अधिकारीले योग्य योगदानकर्तालाई सहुलियतपूर्ण सापटी योजनाको उपयोग गर्न आग्रह गर्दै कोषले पर्याप्त रकम संकलन भइरहे पनि सोचेअनुसार प्रतिफल आउने क्षेत्रमा लगानी गर्न नसकिएको टिप्पणी गरे।

८औँ सामाजिक सुरक्षा दिवसको अवसरमा उनले कोषले आगामी वर्षहरूमा वार्षिक १ खर्ब रुपैयाँसम्म संकलन गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै राज्यका ठूला पूर्वाधार योजनामा लगानी विस्तार गर्न सकिने बताए।

२०७५ मंसिर ११ गते औपचारिक क्षेत्रका श्रमिकबाट सुरू भएको सामाजिक सुरक्षा कार्यक्रम विस्तार हुँदै वैदेशिक रोजगार, अनौपचारिक श्रम, स्वरोजगार तथा सार्वजनिक क्षेत्रसम्म पुगे पनि कार्यक्रम अपेक्षाकृत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। अनौपचारिक क्षेत्रका श्रमिकलाई योजनामा समावेश गराउन कोषले ठोस प्रगति गर्न नसकेको भन्दै निरन्तर प्रश्न उठ्दै आएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend