मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

एआईदेखि सार्वजनिक ऋणसम्म, विश्वमा बन्दैछन् एकसाथ सयौँ बबल

शनिबार, मंसिर १३ २०८२
एआईदेखि सार्वजनिक ऋणसम्म, विश्वमा बन्दैछन् एकसाथ सयौँ बबल

लगानीको बबल, खण्डित भूराजनीतिक अवस्थामा पूर्वाधारको केन्द्रीकरण हुन्छ तब प्रणालीको जोखिम अझ तीव्र हुनेछ। यही कारणले गर्दा पछिल्लो समय विश्व नेताहरूले डिजिटल वा एआई सार्वभौमकिताको खोजी गरिरहेका छन्।

काठमाडौं- पछिल्लो केही महिनादेखि निरन्तर उकालो लागेर संसारकै मूल्यावान कम्पनीमा एनभीडीया दरिएपछि विश्वमञ्चमा थुप्रै विश्लेषण अड्कालबाजी मभइरहेका छन्।

संसारभरका नीतिनिर्माता, अर्थशास्त्री, व्यापारी तथा बजारका सक्रिय खेलाडीहरूले एआई ‘बबल’(फोका) बनिरहेकोतर्फ सचेत गराउँदै आएका छन्। एकातिर अर्बौं, खर्बौं डलरको लगानी तर अर्कोतिर शून्य प्रतिफलका कारणले कम्पनीहरूको मूल्यांकन बढ्ने त्यही मूल्यांकन देखाएर पुँजी संकलन हुने अहिलेको अवस्थाले भविष्यमा ठूलै विश्वव्यापी आर्थिक संकट ल्याउने अनुमानहरू हुन थालेका छन्। 

तर के अहिलेको विश्वमा केवल एआईकोमात्र बबल छ? वल्ल्ड इकोनोमिक फोरमका अध्यक्ष बोर्गे ब्रेन्डेले अहिलेको विश्वमा एकसाथ धेरै बबलहरू बनिरहेको बताएका छन्। उनले भनेका छन् ‘विश्व बजारलाई प्रभावित पार्ने बबलहरू एकसाथ सिर्जना भइरहेका छन्- क्रिप्टो, एआई, सार्वजनिक ऋण अहिलेका उदीयमान बबल हुन्।’ 

यतिमात्र होइन अहिलेको दुनियाँमा यी सबै थिग्रिएर बनेको क्लाउड निर्भरता जुन छ त्यसले अर्को बबल ‍सिर्जना गरेको छ। एकसाथ संसारमा कयौं बबल सिर्जना भएको यो इतिहासकै खतरानाक अवस्था भएको विश्लेषण भइरहेको छ। 

तीनवटै बबलहरू जुन बनेको भनिएको छ यी सबै क्लाउड कम्प्युटिङको क्षमतामा निर्भर छन्। र यस्तो क्लाउड क्षमता केही कम्पनीमा केन्द्रित छ। आजको विश्वमा ६५ प्रतिशतभन्दा धेरै बजार हिस्सा तीन अमेरिकी कम्पनीको नियन्त्रण छ। उनीहरूले नै यसैमा लगानी थुपारेर आगामी तीन वर्षमा बर्चस्व बलियो बनाउने तयारीमा छन्। 

लगानीको बबल, खण्डित भूराजनीतिक अवस्थामा पूर्वाधारको केन्द्रीकरण हुन्छ तब प्रणालीको जोखिम अझ तीव्र हुनेछ। यही कारणले गर्दा पछिल्लो समय विश्व नेताहरूले डिजिटल वा एआई सार्वभौमकिताको खोजी गरिरहेका छन्। 

एकसाथ सिर्जना भएका यस्ता बबलले जोखिम झन किन बढेको छ भने विश्वमा संरक्षणवादको प्रवाह बढिरहेको छ। देशहरूले राजनीतिक स्वार्थमा कुनै कम्पनीको सेवालाई प्रभावित पार्न निर्देशन गर्नसक्ने क्षमता राख्छन्। केही समय पहिले अमेरिकी कम्पनीले यस्तै गरेका थिए। खण्डित हुँदै गरेको भूराजनीतिममा बढ्दै गएको आधारभूत पूर्वाधारको निर्भरता झन डरलाग्दो छ। 

घरजग्गाको बबल ब्रष्टबाट माथि उठेको चीनले पछिल्लो समय भूराजनीतिको तनाबमा फस्यो। यसका बाबजुद चीनले डिजिटल सार्भभौमिकतालाई भने निरन्तर राखेको छ। चीन यस्तो देश हो जसले पछिल्लो समय तमाम प्रतिबन्धकै बीचमा एआई, रोबोटिक्स र क्लाउडमा बलियो पकड बनाउन सफल भएको छ। 

चीनबाट प्रेरणा लिएर कतिपय युरोपेली मुलुकले अघि बढ्न खोजे पनि खुला र लोकतान्त्रिक व्यवस्थामा त्यो तहको नियन्त्रण भने सम्भव छैन। त्यही कारणले उदार लोकतान्त्रिक मुलुकले प्रविधि तथा पूर्वाधारको खुकुलो प्रवेश र घरेलु सर्तमा भन्ने नीतिलाई कडाइका साथ लागु गर्ने प्रयास गरेका छन्। पछिल्लो समयका विश्वमञ्चमा नेताहरूले यो मुद्दालाई जोडतोडका साथ उठाइरहेका छन्। 


प्रकाशित : शनिबार, मंसिर १३ २०८२०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend