बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

वीरगञ्ज महानगरद्वारा चालु आवको चार महिनामा २१ करोड तीन लाख राजस्व सङ्कलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
वीरगञ्ज महानगरद्वारा चालु आवको चार महिनामा २१ करोड तीन लाख राजस्व सङ्कलन

महानगरले चालु आवको चार महिनामा भूमिगत÷मालपोत करतर्फ  ३७ लाख ६७ हजार ९८० राजस्व सङ्कलन गरेको छ ।

काठमाडौं- वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व सङ्कलन गरेको छ । 

महानगरले सो अवधिमा सम्पत्ति करतर्फ  सात करोड ५६ लाख रकम सङ्कलन गरेको हो। 

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे“महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ ।

यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन, उनले भने‘यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ।’

महानगरले चालु आवको चार महिनामा भूमिगत/मालपोत करतर्फ  ३७ लाख ६७ हजार ९८० राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने  एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने  दुई करोड राजस्व सङ्कलन गरेको छ । अखेटोपहारमा लाग्ने करतर्फ भने  पाँच करोड १० लाख राजस्व सङ्कलन गरेको छ । 

अन्य सेवा शुल्कतर्फ भने एक करोड ४९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।रासस


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१६:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend