शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ

बिहीबार , मंसिर ११ २०८२
सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ

यस्तै चाँदी आज बिहीबार ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आज बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको छ। बुधबार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४ सय रुपैयाँले घटेको हो। 

यो साता आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६ सय, सोमबार २ लाख ४२ हजार ७ सय र मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै चाँदी आज बिहीबार ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बुधबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।  

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend