शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य, टेनप्लास्ट प्रभाव अभियान सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ११ २०८२
टेनप्लास्टको पोखरा एभेन्जर्ससँग सहकार्य, टेनप्लास्ट प्रभाव अभियान सुरु

काठमाडौं- पोखरा एभेन्जर्ससँग सहकार्य गर्दैटेनप्लास्ट र टेनस्टीलले सामुदायिक प्रभावलाई लक्षित “टेनप्लास्ट प्रभाव अभियान” सुरु गरेका छन् ।

खेलमैदानमा बनेका स्कोरलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्ने उद्देश्य यो अभियान लिएको छ ।

अभियान अनुसार पोखरा एभेन्जर्सले खेलेका प्रहार र जितसँगै पानी ट्यांकी वितरण हुनेछ । कम्पनीले सार्वजनिक गरेको विवरण यस्तो छ ।

प्रत्येक चौका ३ सय लिटर टेनप्लास्ट पानी ट्याङ्की, प्रत्येक छक्का — ५ सय लिटर पानी ट्याङ्की,टिमले जिते प्रत्येक खेल — १००० लिटरपानी ट्याङ्की कम्पनीका अनुसार यी ट्यांकीहरू स्वच्छ पानी अभाव रहेको समुदाय, विद्यालय र स्थानीय संरचनामा उपलब्ध गराइनेछ । अभियानले सुरक्षित पानी पहुँच, स्वास्थ्य सुरक्षाअनुकूल अभ्यास र दीर्घकालीन प्रभावमा योगदान गर्ने अपेक्षा राखिएको छ ।

प्रत्येक रन र प्रत्येक जित अब समुदायका लागि प्रत्यक्ष सहयोग बन्ने टेनप्लास्टले जनाएको छ । सीएसआर लाई व्यावहारिक समाधानसँग जोड्ने प्रयासका रूपमा कम्पनीले यसलाई  पहल मानेको छ । प्रतियोगिता अगाडि बढ्दै जाँदा, प्रशंसकहरूले खेल सँगै समाजमा पुगेको समर्थनलाई पनि नजिकबाटहेर्न सक्नेछन् ।

टेनग्रुप नेपालमा निर्माण सामग्री र औद्योगिक समाधान आपूर्ति गर्ने अग्रणी व्यवसायिक समूह हो। टेन प्लास्ट, टेन स्टील्स, मारुति ट्रेडर्स, मारुति बिजनेस कन्सर्न, डी।आर। मल्टी ट्रेड र टेन मल्टी माइन्स जस्ता कम्पनीमार्फत समूहले निर्माण, कृषि तथा विभिन्न स्थानीय परियोजनामा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ। समूहले उत्पादन र व्यापारसँगै सामुदायिक सहयोग र दिगो विकासलाई पनि आफ्नो जिम्मेवारीको रूपमै अगाडि बढाइरहेको छ ।


प्रकाशित : बिहीबार , मंसिर ११ २०८२१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend